News Portal

  • माछापुच्छ्रे बैंकले साउनकै ब्याजदर भदौमा तोक्यो

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८१
    ७४ पटक
    ३२ साउन, २०८१

    काठमाडौं । माछापुच्छ्रे बैंकले ब्याजदर स्थिर राखेको बैंकले साउन महिनाकै ब्याजदर भदौमा कायम राखेको हो । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी साउनकै ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि साउनमा पनि बैंकले सोही ब्याजदर निक्षेपकर्तालाई प्रदान गरेको थियो ।

    बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा पनि सोही ब्याजदर कायम थियो ।

    प्रतिकृया दिनुहोस्