News Portal

  • सिद्धार्थ बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८१
    ८९ पटक
    ३२ साउन, २०८१

    काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत, व्यक्तिगततर्फ ६.७५ प्रतिशत र रेमिट्यान्समा ७.७५ प्रतिशत ब्याज तोकेको थियो ।

    बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५० प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.५० प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा ३ प्रतिशतदेखि ५ प्रतिशत र रेमिट्यान्समा ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकको आधारदर ८.२० प्रतिशत रहेको छ । सो आधार दर बैंकले ३.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

    प्रतिकृया दिनुहोस्