News Portal

  • कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट

    आर्थीकसंसार संवाददाता३० साउन, २०८१
    २६७ पटक
    ३० साउन, २०८१

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

    यससम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँबानेश्वर र भक्तपुर कौशलटारमा रहेको सेवाकेन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सुविधाबाट सेवाग्राहीले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

    विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभरि रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्