आर्थीकसंसार संवाददाता३० साउन, २०८१
३० साउन, २०८१काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिंग्स रिसोर्ट प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिंग्स रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।