News Portal

  • लक्ष्मी बैंकले दुई गाउँपालिकामा सहुलियत कृषि कर्जा दिने

    आर्थीकसंसार संवाददाता१८ मंसिर, २०७७
    २४८१ पटक
    १८ मंसिर, २०७७

    काठमाडौं । लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ । यस सम्झौताअन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानीय कृषि उद्यमी, कृषि समूह, कृषि सहकारीलगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्नेछन् ।
    आज एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट गाउँपालिकाका अध्यक्षहरु क्रमशः झक्कुप्रसाद घर्तीमगर र धर्मबहादुर केसीले उपरोक्त सम्झौतामा हस्ताक्षर गरे । कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकले कृषि कर्जालाई प्राथमिकतामा राख्दै आएको र सोका लागि छुट्टै इकाइसमेत स्थापना गरेको जानकारी गराए ।
    कार्यक्रममा उपस्थित पूर्व ऊर्र्जामन्त्री जनार्दन शर्माले सम्झौतामाथि आफ्नो धारणा राख्दै रुकुम पश्चिमका अन्य स्थानीय निकायहरुका लागि समेत यस्तै सम्झौता गरिने बताए ।

    प्रतिकृया दिनुहोस्