News Portal

  • सिटिजन्स बैंकका ग्राहकले नेपाल मेडिसिटि वयोधा हस्पिटलमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८१
    ८५ पटक
    २२ साउन, २०८१

    काठमाडौं । सिटिजन्स बैंक र नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच समझदारी भएको छ । बैंक र वीरगञ्जको पर्सास्थित नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    सो समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नेपाल मेडिसिटि वयोधा हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्