News Portal

  • मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब २७ करोड रुपैयाँ, लाभांश क्षमता कति ?

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८१
    ११० पटक
    २२ साउन, २०८१

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा खुद नाफा २.४८ प्रतिशत बढेर १ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । .ु

    गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत बढेर ४ अर्ब १८ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत बढेर ४ अर्ब ६९ करोड रुपैयाँ, सञ्चालन मुनाफा १.५० प्रतिशत बढेर १ अर्ब ८४ करोड रुपैयाँ छ ।

    बैंकको वितरणयोग्य नाफा ३३ करोड १८ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकको लाभांश क्षमता ४.७१ प्रतिशत रहेको छ ।

    गत असारसम्म बैंकको चुक्ता पुँजी ९.७५ प्रतिशत बढेर ७ अर्ब ४ करोड रुपैयाँ र जगेडा कोष १९.०६ प्रतिशत बढेर ३ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ । बैंकले गत वर्षसम्म निक्षेप संकलन ५.७५ प्रतिशत घटेर १ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ र कर्जा लगानी २.७१ प्रतिशत घटेर ९१ अर्ब ९० करोड रुपैयाँ छ ।

    बैंकको प्रतिशेयर आम्दानी १.२९ रुपैयाँ घटेर १८.१५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४९.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.२२ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ ।

    प्रतिकृया दिनुहोस्