News Portal

  • प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक समिक्षा सम्पन्न

    आर्थीकसंसार संवाददाता२१ साउन, २०८१
    ७२ पटक
    २१ साउन, २०८१

    काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफ्नो प्रथम वर्षको वार्षिक सम्पन्न गरेको छ । कम्पनीले समिक्षा तथा आव २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो ।

    साउन १८ र १९ गते चितवनको सौराहामा सम्पन्न भएको उक्त कार्यक्रम कम्पनीका सञ्चालक गणेश राज पन्तको अध्यतामा सञ्चालन भएको हो ।

    उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभागिय प्रमुखहरु, शाखा प्रवन्धक तथा मार्केटिङमा आवद्ध कर्मचारी समेतको उपस्थिति रहेको थियो । कम्पनी सचिव राजेन्द्र पाठकले सञ्चालन गरेके उक्त कार्यक्रममा गत आव को उपलब्धि समिक्षा तथा आगामी रणनीतिका वारेमा महाप्रवन्धक अभिम डंगोलले आफ्नो प्रस्तुती राखे । सम्पूर्ण शाखा प्रवन्धकहरुले कम्पनीको आगामी योजनाअनुसार अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले कम्पनीको स्थापनादेखि हालसम्मको सम्पूर्ण वस्तुस्थितिको बारेमा जानकारी गराउदै व्यापार व्यवसाय वृद्धिका साथ साथै प्रचलित नियम कानुनको पूर्ण पालना गर्नु आफ्नो प्राथमिकता रहेको भन्दै सम्पूर्ण विभागिय प्रमुख तथा शाखा प्रमुख समेतलाई हाल सम्मको उपलब्धिका लागि धन्यवाद व्यक्त गरे । यस्तै उनले कम्पनीको समग्र स्थिति तथा प्राथमिकताको क्षेत्र र कम्पनीको आदर्श बाक्यको वारेमा छलफल गर्दै लक्षित वर्ग तथा उनिहरुका जोखिमलाई प्राथमिकतामा राखेर बीमालेख जारी गर्न सम्पूर्ण शाखा प्रवन्धकहरुलाई आग्रह गरेका छन् ।

    कार्यक्रमकको समापनमा बोल्दै सञ्चालक गणेश राज पन्तले यस कार्यक्रममा आफु सहभागी भएर कम्पनीको समग्र वस्तुस्थिति नजिकबाट बुझ्ने अवसर प्राप्त भएको तथा यस कम्पनीले विगतमा गरेको प्रगतिमा आफुलाई सन्तुष्टि मिलेको र विहानीले दिनको झझल्को दिन्छ भने झै आगामी दिनहरुमा अझ प्रगति गर्नेमा आफु विस्वस्थ रहेको कुरा व्यक्त गरे।

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघु निर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले हाल सम्म २९ वटा कार्यालय मार्फत लक्षित वर्गलाई लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्