काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले सम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद नाफा ४.७८ प्रतिशतले घटेको हो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेर ७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब १८ करोड ४५ लाख रुपैषँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ र जगेडा कोेष २१.०४ प्रतिशत बढेर १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ ।
अघिल्लो आवको तुलनामा बैंकको वितरणयोग्य नाफा घटेर ३६ करोड ६६ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन ७.९० प्रतिशत बढाएर २ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ र कर्जा लगानी ६.१५ प्रतिशत बढाएर १ खर्ब ९५ अर्ब ३२ करोड रुपैयाँ गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १.०७ रुपैयाँ घटेर २१.४० रुपैयाँ कायम भएको छ भने खराब कर्जा २.२२ प्रतिशत रहेको छ ।