News Portal

  • एनएमबि बैंकको नयाँ शाखा नवलपरासीमा स्थापना

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
    २५०९ पटक
    १७ मंसिर, २०७७

    काठमाडौं । एनएमबि बैंकले नवलपरासीको रामग्राम सुनवल परासी रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । रामग्राम परासी शाखा बैंकको १७५औं शाखा हो ।
    यस परासी क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेशका प्रमुख मोहन केसीले उद्घाटन गरेका थिए । भर्चुअल सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले तीव्र औद्योगिकीकरण र व्यवसायीकरणतर्फ उन्मुख रामग्राम परासी क्षेत्रमा सरल, सहज र छिटोछरितो वित्तीय सेवा प्रदान गरिने बताए ।

    प्रतिकृया दिनुहोस्