News Portal

  • प्रभु बैंकको नाफा सहित अधिकांश सूचकमा प्रगति

    आर्थीकसंसार संवाददाता२१ साउन, २०८१
    ३२० पटक
    २१ साउन, २०८१

    काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको अधिकांश सूचकमा सकारात्मक देखिएको छ ।

    २३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ।

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १४९९.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले २८ करोड मात्र खुद नाफा आर्जन गरेको थियो ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९ दशमलव ४३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब २ करोड रहेको छ । खुद फि तथा कमिशन आम्दानी १९ दशमलव ९६ प्रतिशतले बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २० दशमलव ६७ प्रतिशत बढेको छ।

    समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

    प्रतिकृया दिनुहोस्