News Portal

  • सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
    १८२८ पटक
    १७ मंसिर, २०७७

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रको आवेदन खुला गरेको जनाएको हो ।
    विभागले जारी गरेको सूचनाका अनुसार सातै प्रदेशमा सवारी चालक अनुमतिपत्र आवेदन खुलाइएको हो ।
    चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयको माग बमोजिम खोलिने विभागले जानकारी दिएको छ । सवारी अनुमतिपत्र लिन चाहनेले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । त्यसका लागि आवेदकले सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयको मागबमोजिम काम गर्नुपर्नेछ । आवेदकले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सोझै सम्पर्क गरी आवेदन दिने व्यवस्था समेत मिलाएको छ ।

    प्रतिकृया दिनुहोस्