News Portal

  • एनआईसी एशियाले मोबाइल बैंकिङ्गबाटै ग्राहकहरुले मुद्दती खाता खोल्न सक्ने

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
    २३१० पटक
    १७ मंसिर, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमार्फत ग्राहकहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको सुरु गरेको छ । बैंकका ग्राहकहरूले एनआइसी एशिया मोबाइल बैंक एपमा रहेको फिक्सड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्नसक्ने बैंकले जनाएको छ ।
    बैंकको अनुसार ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहकहरूले बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ । यो सुविधाअन्तर्गत स्वचालित पद्दतीअनुरूप ग्राहकहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्