News Portal

  • फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले लगानी गर्ने, सवा ३ करोडको आईपीओ निष्कासन गर्दै

    आर्थीकसंसार संवाददाता१७ साउन, २०८१
    ३१ पटक
    १७ साउन, २०८१

    काठमाडौं । फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ । बिहीबार फेदीखोला हाइड्रोपावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मेवामा ऋण लगानी गर्ने सम्झौता भएको हो ।

    सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको हो ।

    कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरि स्वपुँजी ४४ करोडको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ यहि आर्थिक वर्ष भित्रमा निष्कासन गरिने लक्ष्य रहेको छ ।

    २०८२ असोजभित्र सम्पन्न हुने यस आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ ।

    सिभिल निमार्ण ठेक्का सम्झौता पछि पूर्वाधार निर्माणको काम करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्