News Portal

एभरेष्ट बैंकद्वारा वातावरणमैत्री शवदाह गृह पशुपतिनाथमा स्थापना

आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
३२३१ पटक
१७ मंसिर, २०७७

काठमाडौं । एभरेष्ट बैंकद्वारा पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ ।
यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ, जसले वातावरणमा पुग्नु अघि सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटाई प्रदूषण नियन्त्रण गर्न मद्दत गर्नेछ । सो शवदाह गृह माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यमा, बैंकका प्रमुख कार्यकारी अधिकृत जीक। नेगीद्वारा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई अन्य प्रमुख अतिथिहरुको उपस्थितिमा हस्तान्तरण गरेका थिए । बैंकले सधैं आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र यसको सीएसआर गतिविधिहरूअन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्