News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
    १४५३ पटक
    १७ मंसिर, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसै सम्बन्धमा बैंक र नगरपालिकाबीच सम्झौता भएको हो ।
    सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नगरपालिकाले उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ । तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीहरुलाई कर्जाका लागि बैंकमा सिफारिस नगरपालिकाले गर्ने जनाइएको छ ।
    नगरपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्