News Portal

  • राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

    आर्थीकसंसार संवाददाता१४ साउन, २०८१
    ३०२ पटक
    १४ साउन, २०८१

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन्। आज साउन १४ गतेदेखि लागू हुने गरी पौडेल केन्द्रीय बैंकको प्रवक्तामा नियुक्त भएका हुन्।

    पौडेल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

    पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्।

    यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट थिए।

    प्रतिकृया दिनुहोस्