News Portal

  • मुक्तिनाथ बैंकका ग्राहकहरुलाई सेवाहरुमा छुट प्रदान

    आर्थीकसंसार संवाददाता२७ साउन, २०७७
    ५०५ पटक
    २७ साउन, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत, NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), Bajeko Sekuwa रहेका छन् ।
    यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने व्यवस्था मिलाइएको छ ।
    बैंकले ब्यालेन्स सर्टिफिकेट, चेकबुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले भिजा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

    प्रतिकृया दिनुहोस्