आर्थीकसंसार संवाददाता१० साउन, २०८१
१० साउन, २०८१काकाठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जाको ब्याजदर घटाएको छ । बैंकले १० दिनमै हायर पर्चेज ईभी लोन र सेयर कर्जाको ब्याजदर घटाएको हो ।
बैंकले यी प्रकारका कर्जामा प्रिमियम दर घटाएको हो । बैंकका अनुसार हायर पर्चेज ईभी लोनमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । यसअघि बैंकले सोही कर्जामा १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने गरेको थियो ।
यस्तै सेयर मार्जिन लोनमा बैंकले १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएको छ । यसअघि बैंकले सो कर्जामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम शुल्क लिने गरेको थियो ।
अन्य प्रकृतिका कर्जामा भने गत असार ३१ गते सार्वजनिक गरेको प्रिमियम दर नै लागू हुजे बैंकको भनाइ छ । बैंकको आधार दर ७.६९ प्रतिशत छ ।