News Portal

  • नेपाल बङ्गलादेश बैंकको बोनसदर बढ्यो

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७७
    १२३० पटक
    १६ मंसिर, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    बैंकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस र २.४२ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित कूल लाभांश कर समेत) गरी सोे मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । बैंकले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई कूल १२ प्रतिशत लाभांश (५ प्रतिशत बोनस र ७ प्रतिशत नगद) वितरण गरेको थियो । बैंकले नगद लाभांश घटाए पनि बोनसदर भने बढाएको छ ।

    प्रतिकृया दिनुहोस्