News Portal

  • सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

    आर्थीकसंसार संवाददाता७ साउन, २०८१
    ५६ पटक
    ७ साउन, २०८१

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर विक्री तथा नामसारी गर्न सात दिने सूचना जारी गरेको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर नामसारी तथा विक्री गर्न ईच्छा राखी निवेन दिएकोमा सोही अनुरुप शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चंचल देवी जैनको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको छ ।

    कम्पनीले यस अघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा राखेको शेयर विक्री नभएपछि उक्त शेयर सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरेको हो । सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्