News Portal

  • हिमालयन बैंकको बोनसदर बढ्यो

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७७
    २१५६ पटक
    १५ मंसिर, २०७७

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
    मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    बैंकले प्रस्ताव गरेको लाभांशदर अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र १२ प्रतिशत नगद) वितरण गरेको थियो । तर लाभांशदर कम भए पनि प्रस्तावित बोनसदर भने अघिल्लो आवको तुलनामा ४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत बोनस वितरण गरेको बैंकले गत आवको नाफाबाट १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

    प्रतिकृया दिनुहोस्