News Portal

  • सानिमा बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटयो

    आर्थीकसंसार संवाददाता३१ असार, २०८१
    ७६ पटक
    ३१ असार, २०८१

    काठमाडौं । सानिमा बैंकले साउन महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.४० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.८० प्रतिशत थियो ।

    साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ६.१० प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

    बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि असारमा बैंकको आधारदर ८.१९ प्रतिशत रहेकोमा साउनमा घटेर ८.०६ प्रतिशत तोकेको छ । तीन महिनाको औसत आधारदर यसअघि ८.४१ प्रतिशत रहेकोमा ८.२० प्रतिशत झरेको छ ।

    प्रतिकृया दिनुहोस्