News Portal

  • कामना सेवा बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त

    आर्थिकसंसार संवाददाता१५ मंसिर, २०७७
    १८७३ पटक
    १५ मंसिर, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंकको १ हजार अंकित दरका १० लाख कित्ताको ऋणपत्र प्रत्याभूतिकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ ।
    कामना सेवा विकास बैंक र नागरिक लगानी कोषबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका थिए । योसँगैं नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ । यस ‘९५ केएसएसबिबिएल डिबेञ्चर २०८७’ ऋणपत्रको अवधि १० वर्षको रहेको अर्धवार्षिक, ब्याज प्रदान हुने साथै सेबोनको स्वीकृतिपश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने भएको छ ।

    प्रतिकृया दिनुहोस्