News Portal

  • प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरण गर्दा असार ३१ गतेसम्म छुट पाइने

    आर्थीकसंसार संवाददाता२८ असार, २०८१
    ४१ पटक
    २८ असार, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा १०० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने जनाएको छ ।

    कम्पनीले व्यतित भएका बीमालेखहरु २०८१ आज असार २८ गतेदेखि असार ३१ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा ५ भन्दा भन्दा बढी देखि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत, ३ देखि ५ वर्ष अवधिसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्षभित्रको व्यतित बीमालेखहरुमा शतप्रतिशत विलम्ब शुल्क ९ब्याज०मा छुट गर्ने जनाएको छ ।

    यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पन गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्कको छुटको सम्पुर्ण रकम कट्टा गरिनेछ । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

    प्रतिकृया दिनुहोस्