News Portal

  • स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको सुनिश्चित गरेको छु, कमी हुन दिन्नः अर्थमन्त्री पौडेल

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७७
    २०५२ पटक
    १५ मंसिर, २०७७

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुन नदिने बताएका छन् । अर्थमन्त्री पौडेलले स्थानीय र प्रदेशको स्रोतले नभ्याएको खण्डमा केन्द्रले स्रोतको व्यवस्थापन गर्ने कुरा ललितपुरको गोदावरी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैय्या भवन निर्माणको शीलान्यास गर्दै अर्थमन्त्री पौडेलले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थमन्त्रालले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित पहिले नै गरिसकेको बताए ।
    अर्थमन्त्री पौडेले स्वस्थसँग बाँच्न पाउनु पर्ने संविधानको मौलिक हकअनुरुप स्थानीय तहमा सुविधा सम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानका रुपमा स्थानीय तहहरुमा एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शीलान्यास गरिएको साथै विश्व बजारमा कोभिड खोप आउनासाथ सरकारले खोप खरिद गरी सबै नेपाली जनताको निःशुल्क उपचार गरिने सरकारको योजना रहेको समेत बताए ।
    अर्थमन्त्री पौडेलले १८ करोड रुपैयाँको सीमामा रहेर १५ शैय्याको अस्पताल निर्माण गर्न सकिने भन्दै पूर्वनिर्धारित समय दुई वर्षअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्न आग्रहसमेत गरे । अर्थमन्त्री पौडेलले अस्पताल निर्माण गर्दा लागत, गुणस्तरीयता र समयमा काम सक्ने कुरालाई विशेष ध्यान दिन आग्रहसमेत गरे । अर्थमन्त्रालयले एक हप्ताअघि ५, १० र १५ शैय्याका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको थियो ।
    अर्थ मन्त्रालयले स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ । अर्थमन्त्री पौडेलले सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० शैय्याका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्था गरिएको जानकारी दिए । ‘अस्पताल निर्माणको कार्य अघि बढ्दै जाँदा थप बजेटको निकासा हुन्छ । बजेटको अभाव हुँदैन’, अर्थमन्त्री पौडेलले बताए ।

    त्यसैगरी सो कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले बजेटको अभावमा नगरपालिका भित्र हरेक विकास निर्माणका कार्य सम्पन्न गर्न कठिनाई भएकोले अर्थमन्त्रीज्यूको ध्यान आकर्षण गरेका थिए । नगरप्रमुखले बजेट अभावले चापागाउँको सडक विस्तारको कार्य ठेक्का आह्वान भएर पनि मुआब्जा र क्षतिपूर्ति दिन नसकेको गुनासो अर्थमन्त्रीसमक्ष राखेका थिए । नगरप्रमुखले राखेका मागको आफूले यथासक्य सम्बोधन गर्ने अर्थमन्त्री पौडेलले बताए ।

    प्रतिकृया दिनुहोस्