काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै गोल्छाले राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य रहेको बताएका हुन् ।
गोल्छाले आयोजित एक विशेष समारोहका बीच महासंघको अध्यक्षको पदबहाली गरेका हुन् । महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका हुन् ।
पद बहालीपछि अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई सम्बोधनसहित निर्देशन दिए । महासंघ सचिवालय र महासंघअन्तर्गत रहेका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोहीअनुसारको अपेक्षा आपूmले गरेको बताए ।
पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निवाचित भएर आउँछन् तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनलरूपमा सञ्चालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि उनले बताए ।
निर्देशनको क्रममा अध्यक्ष गोल्छाले भने, तपाईहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु । महासंघमा तपाईहरूको विज्ञता र तपाईहरूले दिने सेवा अमूल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारीरूपमा सम्पादन गर्न आग्रह गर्दछु ।’ ‘उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति म पूर्ण विश्वस्त छु । सचिवालयलाई पूर्णरुपमा सुदृढीकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोहीअनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवा सुविधालगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशनका रूपमा सञ्चालन गर्ने छु ।’, उनले भने । कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला–नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य अरुणराज सुमार्गीको पनि उपस्थिति रहेको थियो ।
निजी क्षेत्रको भूमिकालाई प्रभावकारी ढंगले लैजाने मुख्य लक्ष्य हुनेछः अध्यक्ष गोल्छा
आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७७
१५ मंसिर, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान