काठमाडौं । नेपाल बैंक लिमिटेडले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सो मात्राको रकमको चेक हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसका कारणबाट सृजना हुनसक्ने जोखिम न्युनीकरण गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको उक्त रकम सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए । उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउँदै लैजान आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवैभन्दा पहिला सहयोगको घोषणा गरेको बताए । बैंकले हालसम्म संघीय सरकारको कोषमा ४ करोड ४६ लाख रूपैयाँ र प्रदेश सरकारलाई ५ लाख रूपैयाँका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिएको उनले जानकारी गराए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र्र« बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध जनाउदै नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरेका छन् ।
नेपाल बैंकद्वारा कोरोना उपचार कोषमा आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता२७ साउन, २०७७
२७ साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने