News Portal

  • सानिमा बैंकद्वारा निःशुल्क क्रेडिट कार्ड योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७७
    १६११ पटक
    १४ मंसिर, २०७७

    काठमाडौं । सानिमा बैंक लिमिटेडले आफना ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ मुख्य नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको छ ।
    यस योजना मंसिर १५ गतेदेखि २२ गतेसम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका बाट https://cardrequest.sanimabank.com/credit-card/online-application दिन सक्ने बैंकले जनाएको छ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै शुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउन सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।
    सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्