News Portal

  • मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

    आर्थीकसंसार संवाददाता२२ असार, २०८१
    २८८ पटक
    २२ असार, २०८१

    धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । उनले ६७ मत पाएका हुन् । विपक्षमा ३४ मत खसेको थियो । प्रदेशसभामा उपस्थित एक सय एक जना सदस्यले मतदान गरेका थिए ।

    मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गरे भने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्