News Portal

  • प्रभु बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२१ असार, २०८१
    २७८ पटक
    २१ असार, २०८१

    काठमाडौं । प्रभु बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख ३३ हजार ७८९ कित्ता शेयर बिक्रीमा राखिएको हो।

    बिक्रीमा राखिएको शेयरमा हाललाई प्रभु बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

    इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरु खरिदका आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्