आर्थीकसंसार संवाददाता१९ असार, २०८१
१९ असार, २०८१काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलेसमेत खरिद गर्न पाउने गरि संस्थापकतर्फको ६८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी उक्त परिमाणको शेयर बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले इच्छुक व्यक्ति तथा संस्थाहरुका लागि बिक्री गर्न लागेको हो ।