काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघ (एफएनसीसीआई)का पदाधिकारीहरुसँगको भेटवार्ता कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रसँग हातेमालो गर्ने प्रस्ताव अघि सारेका छन् ।
भेटवार्ताको अवसरमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन गरेर अघि बढ्ने योजनामा सरकार रहेको बताउँदै नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको चासो र सरोकारहरु समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो सम्वादमा रहने बताए ।
उद्योगी तथा व्यवसायीहरुलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यवसायी निरन्तरता कर्जालगायतका कार्यक्रमहरु ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने सोही कार्यक्रममा बताए ।
निजी क्षेत्रलाई साथ लिएर सरकार अघि बढ्ने अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता
आर्थिकसंसार संवाददाता१४ मंसिर, २०७७
१४ मंसिर, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने