News Portal

  • कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने

    आर्थीकसंसार संवाददाता१७ असार, २०८१
    २१ पटक
    १७ असार, २०८१

    काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो ।

    बैंकले ३ हजार २११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । शेयरको मूल्य भने तोकिएको छैन ।

    ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको शयर रजिष्ट्रार कुमारी क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालय टंगालमा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।
    प्रतिकृया दिनुहोस्