News Portal

  • सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम

    आर्थीकसंसार संवाददाता१७ असार, २०८१
    ४१ पटक
    १७ असार, २०८१

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बर्दिवास नगरपालिका महोत्तरीमा नगर उप प्रमुख तारा देवी महतोको आतिथ्यतामा श्री रामजानकी आधारभुत विद्यालय अकुवानटोल, बर्दिवास नगरपालिका १२, महोत्तरीमा साना विद्यार्थीहरूलाइ ६० थान पोशाक वितरण गरेको हो ।

    उक्त सामान कम्पनीका प्रदेश प्रमुख नबराज चौधरी, नगर उप प्रमुख श्री तारा देवी महतो लगायत उपस्थित सम्पुर्ण अभिभावक, शिक्षक, कर्मचारी मार्फत विद्यार्थीहरूलाइ हस्तान्तरण गरेको हो ।

    सो कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार र कम्पनीमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । सो आधारभूत विद्यालयमा विद्यार्थीहरूलाइ पोशाकको आवश्यकता रहेको हुदाँ शिक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ कम्पनीले उक्त सहयोग गरेको हो ।
    प्रतिकृया दिनुहोस्