News Portal

  • सन नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१६ असार, २०८१
    २५२ पटक
    १६ असार, २०८१

    काठमाडौं । सन नेपाल लाइफले घातक रोग बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराइ बैदेशिक रोजगारमा रोमनिया गएकी बीमित निरमाया थिङको रोजगारका क्रममा दुबै मृगौला फेल भइ हाल सितापाइला सुभेक्क्षा इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेकोमा कम्पनीले निजलाइ घातक रोग बापतको रकम दिएको हो ।

    कम्पनीले उनलाइ दाबी रकम पाच लाखको चेक अस्पतालमा नै गई हस्तान्त्रण गरेको हो । सो कम्पनी कलंकी शाखाकी शाखा प्रमुख मथुरा भटराईले हस्तान्तरण सहित शीघ्र स्वस्थ्य लाभको कामना गरिन् । सो कार्यक्रममा कलंकी कार्यलयकी कर्मचारी प्रबिना थापा तथा बीमितकी बुहारि सोमा बल समेतको उपस्थिती थियो ।

    प्रतिकृया दिनुहोस्