News Portal

  • बिर्सनाले आफ्नो जन्मदिनमा पाइन् १० लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता११ असार, २०८१
    ६२ पटक
    ११ असार, २०८१

    काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, ब्रतबन्ध लगायतका चार्डपर्वमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । जिन्सी सामानहरु दिँदा उक्त सामान धेरै समय नरहने तर, बीमा पोलिसी दिँदा जीवनको सुरक्षा हुनुको साथै भविष्य निर्माणमा सहयोग हुने भएकाले बमिा पोलिसी उपहार दिने प्रचलन बढेको हो ।

    यसैबीच म्याग्दीको धौलागिरी गाउँपालिका ३ मुनामा बस्ने मदन मल्लले आफ्नो श्रीमती बिर्सनाको जन्मदिनमा बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् । उनले श्रीमतीलाई सिटिजन लाइफको शुभारम्भ बीमा योजना १० लाख रुपैयाँको बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

    उनले कम्पनीकी अभिकर्ता सबिना शाही मल्ल मार्फत बीमा पोलिसी खरिद गरेका हुन् । उक्त बीमा पोलिसी शाखा प्रमुख भावना पौडेल सुवेदीले हस्तान्तरण गरेकी हुन्। उनले अरु बहुमूल्य सामानभन्दा बीमा दिनु उपयुक्त रहेको भन्दै उक्त पोलिसी उपहार दिएका हुन् ।
    प्रतिकृया दिनुहोस्