News Portal

  • एक्सेल डेभलपमेण्ट बैंकद्वारा डस्टबिन वितरण

    आर्थीकसंसार संवाददाता१० असार, २०८१
    ८२ पटक
    १० असार, २०८१

    काठमाडौं ।  एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ ।

    गौरादह नगरपालिकाको बैगुनधुरा बजारभित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको बैंकले जनाएको छ ।कार्यक्रममा अतिथिका रुपमा बैगुनधुरा बजार व्यवस्थापन समितिका हालका अध्यक्ष राजेन्द्र पोखरेल साथै बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष सिताराम पोखरेलले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको बताए ।उनीहरुले यस बैंकसँग सहकार्य गर्दै अगाडि बढ्न चाहने इच्छा व्यक्त गरे ।

    एक्सेल डेभलपमेण्ट बैंकका बजार व्यवस्थापन विभागका कर्मचारी गजेन्द्र ढकालले यस कार्यक्रमको महत्व प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारीका साथै यस डस्टबिन वितरण कार्यक्रममार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताए ।

    कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सफाईमा योगदान पुर्याउन आह्वान गरे।

    डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

    कार्यक्रममा वडा कार्यालयको तर्फबाट कृष्ण प्रधान, समाजसेवीहरु चन्द्र खड्का, कृष्ण खतिवडा, भवकृष्ण पोखरेल, ठाकुर दाहाललगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्