News Portal

  • विभिन्न व्यक्तिका नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै नेपाल बैंक

    आर्थीकसंसार संवाददाता९ असार, २०८१
    २६ पटक
    ९ असार, २०८१

    काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको जग्गा लिलामका लागि ३५ दिनको समय दिएको छ ।

    बैंकले आइतबार सूचना जारी गर्दै यी बैंकको नाममा रहेको सम्पत्ति ३५ दिनभित्र चुक्ता नभए लिलामी गरिने जानकारी दिएको छ ।

    कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र त्यसले चर्चेको समपूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ, सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार गोप्य शिलबन्दीमार्फत घरजग्गा खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको १५ दिनमा बोलपत्र पेस गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्