News Portal

  • जाजरकोट खलंगामा प्रभु बैंकको सेवा विस्तार

    आर्थीकसंसार संवाददाता७ असार, २०८१
    २५ पटक
    ७ असार, २०८१

    काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगामा आफ्नो शाखा सञ्जाल विस्तार गरेर सेवा सञ्चालन सुरु गरेको छ।

    बैंकले असार ७ देखि जाजरकोट, भेरी नगरपालिका-४ स्थित खलंगामा बजारमा आफ्नो ३०७औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

    प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

    यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने बैंकको भनाइ छ ।

    बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

    प्रतिकृया दिनुहोस्