आर्थीकसंसार संवाददाता५ असार, २०८१
५ असार, २०८१काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको हो ।
सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का, र श्री जनज्योति माध्यमिक विधालय चुहाडेको तर्फबाट अध्यक्ष उद्धब काफ्ले र प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो ।