News Portal

  • ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर ट्राफिक प्रहरी कार्यालय कास्कीमा

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७७
    ११५९ पटक
    १३ मंसिर, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर कास्की जिल्लाको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा शुक्रबार सञ्चालनमा ल्याएको छ ।
    ग्लोबल आइएमई बैंकले शुक्रबार कास्की जिल्ला टाफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभूप्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा सो बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका थिए ।
    बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्कीको पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राहीलगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने मुख्य उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखासहित २३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि एवम् सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्