News Portal

  • कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०८१
    ११२ पटक
    ३१ जेठ, २०८१

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

    जेठ ३० गते बसेको बैंकको सञ्चालक समिति बैठकले आगामी असार १९ गते कम्पनीको १६औं वार्षिक साधारण सभा डाकेको हो । सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे आयोजना हुनेछ ।

    उक्त सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

    सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

    वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्