News Portal

  • प्रभु लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपिओ यसै महिना जारी हुने

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७७
    १८१५ पटक
    १२ मंसिर, २०७७

    काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओलाई नेपाल धितोपत्र बोर्डले हिजो अनुमति दिएको छ ।
    बोर्डले आज प्रकाशित गरेको सूचनाअनुसार १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता आईपिओ जारी गर्न अनुमति दिएको हो । आईपिओ जारी गर्ने अनुमति पाएपछि करिब ६० करोड रुपैयाँ बराबरको आईपिओ यसै महिना जारी गर्ने तयारी भइरहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब पुग्ने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरुले एक अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्