आर्थीकसंसार संवाददाता२८ जेठ, २०८१
२८ जेठ, २०८१काठमाडौं । ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सहकार्य भएको छ । बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सहमतिपत्र हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि अब बैंकका कर्मचारी तथा ग्राहकहरूलाई ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजारसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।
कार्यक्रममा बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । ट्राभल्सका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।