News Portal

  • एलआईसी नेपालको १५ महिनाका प्रमुख सूचकहरु यस्ता छन्

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७७
    १६८९ पटक
    १२ मंसिर, २०७७

    काठमाडौ । एलआईसी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब १७ करोड रुपैयाँ मात्र खुद बीमा शुल्क संकलन गरेको थियो ।
    कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २ करोड ३६ लाख रुपैयाँ थियो ।
    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एलआईसीको आम्दानी ९ करोड ८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा एलआईसीको आम्दानी ७ करोड १५ लाख रुपैयाँ मात्रै थियो । चालु आर्थिक वर्षमा एलआइसीको खर्च ३ करोड २९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा खर्च ४ करोड ७८ लाख रुपैयाँ थियो ।
    हाल एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा ५७ करोड ६२ लाख रुपैयाँ छ । जीवन बीमा कोषमा भने कम्पनीको ७० अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।
    कम्पनी व्यवस्थापनका अनुसार तीव्र प्रतिस्पर्धात्मक बीमा बजारमा कम्पनीले आफ्नो उच्चस्तर कायम राख्न दक्ष जनशक्ति अभाव आन्तरिक समस्या तथा चुनौतिको हो ।
    कम्पनीले निर्धारण गरेको स्तरलाई कायम राख्न कार्यरत कर्मचारीहरु तथा फिल्ड फोर्सलाई निरन्तर रुपले बीमा सम्बन्धी तालिमहरु उपलब्ध गर्दै आएको जानकारी दिएको छ । ऋण र निक्षेपको व्याजदरमा भएको घटबढबाट उत्पन्न जोखिमलाई कम्पनीले बाह्य समस्या तथा चुनौतीको रुपमा लिएको छ ।
    कम्पनीले हमेसा उच्च व्याजदर प्रदान गर्ने मजबुत बैंक तथा वित्तीय संस्थासँग मात्र निक्षेप लगानी गर्ने रणनीति लिएको बताएको छ । एलआईसी नेपालको व्यवस्थापकीय नेतृत्वको जिम्मेवारी लक्ष्मीप्रसाद दासले संहालिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्