News Portal

  • एनएमबि बैंकको १७३औं शाखा बुटवलको देवीनगरमा स्थापना

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७७
    १६६७ पटक
    १२ मंसिर, २०७७

    काठमाडौं । एनएमबि बैंकले १७३औं शाखा बुटवलको देवीनगरमा सञ्चालनमा ल्याएको छ । यससँगै लुम्बिनी प्रदेशमा बैंकको जम्मा २८ वटा शाखाहरू पुगेका छन् ।
    हालको परिवेश र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रीय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त शाखाको शुभारम्भ गरिएको बैंकका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए । यससँगै, बैंकले आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम बैंकले जारी राख्ने बताएको छ । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखाले देशैभरी सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पूरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउने कम्पनीको विश्वास छ ।
    बैंकले हाल १७३ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै १० हजार ४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्