News Portal

  • श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ सुरु गरिएको हो : मन्त्री अर्याल

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०८१
    ९८ पटक
    १९ जेठ, २०८१

    जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरु गरिएको बताएका छन् ।​

    जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको आज शुभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे ।

    उनले भने, ‘श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरु गरिएको हो । सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्‍याउँदछ ।’

    सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए ।

    प्रतिकृया दिनुहोस्