News Portal

  • ‘नेपाल रि’ को सञ्चालक समिति सदस्य पदमा एशियन लाइफका सिइओ श्रेष्ठ निर्वाचित

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०८१
    ७५ पटक
    १८ जेठ, २०८१

    काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल रिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

    बिहीबार सम्पन्न नवाैं वार्षिक साधारण सभाबाट निर्वाचित उनलाइ सञ्चालक समिति अध्यक्ष इश्वरी प्रसाद अर्यालले सञ्चालक समिति सदस्यको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । नेपाल रिको सञ्चालक समितिमा राष्ट्रिय बीमा कम्पनीबाट प्रतिनिधित्व गरेका शेखर बरालले राजीनामा दिएपछि संस्थापक शेयर धनी समूहतर्फको एकवटा सदस्य पद रिक्त रहेको थियो ।

    एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु केही समय अघिसम्म उनी इन्स्योरेन्सको सञ्चालक समिति सदस्य समेत रहेका थिए ।  श्रेष्ठ जीवन बीमक संघ नेपालका कोषाध्यक्ष समेत हुन् ।

    प्रतिकृया दिनुहोस्