News Portal

  • सिटिजन इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

    आर्थिकसंसार संवाददाता२७ साउन, २०७७
    ७३६ पटक
    २७ साउन, २०७७

    काठमाडौं । शेयरसम्बन्धी कारोबार गर्न र आईपिओ निष्काशनका लागि सिटिजन लाईफ इन्स्योरेन्सले बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड बराबरको १०० दरका ७५ लाख कित्ता सार्वजनिक शेयर सार्वजनिक निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको बिज्ञप्तिमा उल्लेख छ ।
    दुई कम्पनीबीच आज सम्झौता भएको हो । सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । अधिकृत तीन अर्ब रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट एक अर्ब ७५ करोड चुक्ता भईसकेको र सर्वसाधारणका लागि छुट्टाईएको रकम ७५ करोड रुपैयाँको प्राथमिक शेयर जारी गर्ने प्रक्रिया अघि बढाउन सम्झौता गरेको हो ।
    यसरी प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको यस आ.व. २०७६\०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त)को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो १६४५ बृद्धि गरेको छ भने कुल बीमा शुल्क आर्जनमा ६९५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्